एनआईसी एशिया बैंकका सात शाखा समायोजन हुँदै, माघ १८ देखि नयाँ शाखाबाट सेवा लिनुपर्ने
- BFIS News
- 2026 Oct 28 11:27
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले सातवटा शाखा कार्यालय एकआपसमा समायोजन गर्ने भएको छ। बैंकले २०८३ माघ १८ गतेदेखि लागू हुने गरी काठमाडौं, भक्तपुर, रुपन्देही र झापामा रहेका शाखा कार्यालय समायोजन गर्न लागेको हो।
बैंकका अनुसार काठमाडौंका दुई, भक्तपुरको एक, रुपन्देहीका तीन र झापाको एक शाखा समायोजन हुनेछन्। समायोजनपछि सम्बन्धित शाखाका ग्राहकले तोकिएका शाखा कार्यालयबाट पूर्ववत् सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा लिन सक्नेछन्।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार काठमाडौंको ठूलो भऱ्याङ शाखा स्वयम्भू शाखामा र ट्याङ्लाफाँट शाखा कीर्तिपुर शाखामा समायोजन हुनेछ। त्यस्तै, भक्तपुरको बोडे शाखा पुरानो ठिमी शाखामा समायोजन हुने बैंकले जनाएको छ।
यसैगरी, रुपन्देहीको राममन्दिर बुटवल शाखा बुटवल शाखामा, देवीनगर शाखा राजमार्ग क्रसिङ शाखामा र देवकोटा चोक शाखा भैरहवा शाखामा समायोजन हुनेछन्। झापाको फाल्गुनन्द चोक शाखा भने दमक शाखामा समायोजन हुनेछ।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार समायोजन हुने र सञ्चालनमा रहने शाखाबीचको अनुमानित दूरी ०.३ देखि ०.९ किलोमिटरसम्म छ। ठूलो भऱ्याङ शाखा स्वयम्भू शाखामा समायोजन हुँदा दूरी करिब ०.३ किलोमिटर हुनेछ भने भक्तपुरको बोडे शाखा र पुरानो ठिमी शाखाबीचको दूरी करिब ०.९ किलोमिटर रहनेछ।
शाखा समायोजनपछि ग्राहकका खातासम्बन्धी व्यक्तिगत विवरणसहितका कागजात सञ्चालनमा रहने सम्बन्धित शाखामा स्थानान्तरण गरिने बैंकले जनाएको छ। ग्राहकले थप जानकारीका लागि बैंकको ग्राहक हेरचाह केन्द्रको फोन नम्बर ०१-५९७०१०१ वा इमेल [email protected] मार्फत सम्पर्क गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)










प्रतिक्रिया