गुराँस लघुवित्तले पारित गर्यो १० प्रतिशत लाभांश
- BFIS News
- 2026 Oct 28 11:35
काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कात्तिक १० गते, २०८३ मा धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा सम्पन्न साधारणसभाले ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।
प्रस्तावअनुसार संस्थाले १ करोड २५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ६ लाख ६१ हजार ७९० रुपैयाँ २७ पैसा नगद लाभांश वितरण गर्नेछ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण गरिएको वित्तीय विवरण पनि पारित गरेको छ। साथै, संस्थाको प्रबन्धपत्र र नियमावलीमा प्रस्तावित संशोधनलाई समेत स्वीकृति दिएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि काठमाडौंस्थित ए.बी.एस. एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई वैधानिक लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।
कोशी प्रदेशका १३ जिल्लामा सेवा विस्तार गरेको गुराँस लघुवित्तले ३६ शाखा कार्यालयमार्फत २५ हजारभन्दा बढी घरपरिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)










प्रतिक्रिया