Siddartha Bank
Prabhu Mahalaxmi

प्रतिकूल मौसमका कारण सलिको गल्फ प्रतियोगिता स्थगित, अब नोभेम्बर १४ मा हुने

United Ajod
  • BFIS News
  • 2026 Oct 30 15:00
प्रतिकूल मौसमका कारण सलिको गल्फ प्रतियोगिता स्थगित, अब नोभेम्बर १४ मा हुने
Sanima Reliance Life Insurance Company

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न लागेको ‘SALICO Golf Tournament 2026’ प्रतिकूल मौसमका कारण स्थगित गरेको छ। अक्टोबर ३१ (शनिबार) का लागि तय भएको प्रतियोगिता अब नोभेम्बर १४ (शनिबार) मा आयोजना हुने भएको छ।

Nepal Life
NIMB

कम्पनीले शुक्रबार सूचना जारी गर्दै हालै देशमा देखिएको प्रतिकूल मौसमका कारण प्रतियोगिताको पूर्वनिर्धारित मिति परिवर्तन गर्नुपरेको जनाएको छ। प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा सञ्चालन हुनेछ।

यसअघि सलिकोले अक्टोबर ३१ मा प्रतियोगिता आयोजना गर्ने तयारी गरेको थियो। प्रतियोगितामा कर्पोरेट क्षेत्रका प्रतिनिधिसहित करिब १०० जना एमेच्योर गल्फ खेलाडी सहभागी हुने अपेक्षा गरिएको थियो।

प्रतियोगितामा पुरुष तथा महिला विजेता, उपविजेता, बेस्ट ग्रस, सिनियर विजेता (६० वर्ष वा सोभन्दा माथि), सुपर सिनियर विजेता (७० वर्ष वा सोभन्दा माथि), मोस्ट बर्डिज, क्लोजेस्ट टु द पिन र लङ्गेस्ट ड्राइभलगायत विधामा पुरस्कार प्रदान गर्ने कार्यक्रम छ। त्यस्तै, ‘SALICO 30 Years of Trust Winner’ विधासमेत समावेश गरिएको छ।

प्रतियोगिताको अर्को आकर्षण होल नम्बर १० मा राखिएको होल इन वान पुरस्कार हो। उक्त होलमा होल इन वान गर्ने पहिलो खेलाडीले टाटा नेक्सन कार जित्ने अवसर पाउने व्यवस्था गरिएको छ।

यसअघि प्रतियोगिताबारे जानकारी दिँदै सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले खेलकुदका माध्यमबाट सरोकारवाला तथा कर्पोरेट क्षेत्रसँगको सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताएका थिए। उनका अनुसार यस्ता कार्यक्रमले प्रतिस्पर्धासँगै आपसी सद्भाव, व्यावसायिक सम्बन्ध, सहकार्य र दीर्घकालीन साझेदारीलाई प्रोत्साहन गर्नेछन्।

कम्पनीले प्रतियोगिताको मिति परिवर्तनबाट सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै प्रतियोगिताप्रति देखाइएको उत्साह, चासो र सहयोगका लागि आभार व्यक्त गरेको छ। साथै, नोभेम्बर १४ मा हुने प्रतियोगितामा पनि सहभागीहरूको सक्रिय सहभागिताको अपेक्षा गरेको छ।

सलिकोले व्यक्तिगत ग्राहक, व्यवसाय तथा कर्पोरेट क्षेत्रलाई लक्षित गरी विभिन्न निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले यस प्रतियोगितालाई व्यावसायिक कारोबारभन्दा बाहिर सरोकारवालासँगको सम्बन्ध विस्तार, भेटघाट र सहकार्यको अवसरका रूपमा अघि सारेको छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया