Siddartha Bank
Prabhu Mahalaxmi

पेशागत बीमा अभिकर्ता संघ राष्ट्रिय जीवन बीमा कम्पनीको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा कृष्णप्रसाद अधिकारी

United Ajod
  • BFIS News
  • 2026 Oct 31 19:48
पेशागत बीमा अभिकर्ता संघ राष्ट्रिय जीवन बीमा कम्पनीको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा कृष्णप्रसाद अधिकारी
Sanima Reliance Life Insurance Company

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक केन्द्रीय समिति, राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको पाँचौँ अधिवेशन २०८३ सम्पन्न भएको छ। अधिवेशनले कृष्णप्रसाद अधिकारी (केपी) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

Nepal Life
NIMB

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हरिशरण शिवाकोटी र बद्रीप्रसाद उप्रेती चयन भएका छन्। त्यसैगरी सचिवमा नारायण गिरी, कोषाध्यक्षमा गजेन्द्र ठाकुर र सहकोषाध्यक्षमा लीला बहादुर श्रेष्ठ चयन भएका छन्।

कार्यसमितिको सहसचिवमा राजन रिमाल, टीका खड्का र बलराम श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा कविराज खड्का, लक्ष्मी केसी, रमा नेपाली, कमला अधिकारी, विशेश्वर अधिकारी, नारायण केसी, तेजप्रसाद गौतम, लक्ष्मणप्रसाद अर्याल, विश्वनाथ प्याकुरेल, लक्ष्मी भण्डारी, जमुना संग्रौला, प्रभा कुमारी जोशी, सुनिता कार्की र कालु कार्की चयन भएका छन्।

कार्यक्रमको प्रमुख अतिथि पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर खत्री थिए भने विशेष अतिथिमा संघका महासचिव कल्याण विक्रम पाण्डे र राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी थिए।

त्यस्तै, कार्यक्रममा कमलराज गौतम, कृष्णप्रसाद प्याकुरेल, रामप्रसाद अमात्य, भल्ला मास्के, भारत विक्रम थापा र तुलसीराम रञ्जितलगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रमको अध्यक्षता शम्भुप्रसाद ढुङ्गानाले गरेका थिए भने स्वागत मन्तव्य नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले राखेका थिए। कार्यक्रम सञ्चालन समितिका सचिव नारायण गिरीले गरेका थिए।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया