सुनको मूल्य एकैदिन ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि १७५ रुपैयाँ सस्तियो
- BFIS News
- 2026 Nov 01 12:07
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (कार्तिक १५ गते) सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १७५ रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबारको तुलनामा आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)






.jpg)



प्रतिक्रिया