वाणिज्य बैंकको खुद नाफा ४५.४६ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ९ अर्बभन्दा बढी ऋणात्मक
- BFIS News
- 2026 Nov 01 12:02
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ४५.४६ प्रतिशतले बढेको छ ।
असोज मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो नाफा १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ थियो ।
खुद नाफाका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले समीक्षा अवधिमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड, एभरेस्ट बैंकले १ अर्ब २५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल बैंकले समान १ अर्ब १८ करोड तथा एनएमबी बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा सात बैंकले १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् ।
नाफाको वृद्धिदरका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंक अगाडि देखिएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २ हजार ५२२.४७ प्रतिशत र कृषि विकास बैंकको १ हजार ८०३.७१ प्रतिशतले बढेको छ । यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ नोक्सानीमा रहेको सिटिजन्स बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १० करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ ।
तर, खुद नाफामा भएको वृद्धिले बैंकहरूको वितरणयोग्य नाफामा भने समान सुधार देखिएको छैन । खराब कर्जासम्बन्धी प्रोभिजनिङ, नियामकीय समायोजन तथा सञ्चित नोक्सानीका कारण २० वाणिज्य बैंकको कुल वितरणयोग्य नाफा ९ अर्ब ७ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
वितरणयोग्य नाफा ऋणात्मक हुने बैंकमध्ये एनआईसी एसिया बैंकको सबैभन्दा बढी १५ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक छ । हिमालयन बैंकको ९ अर्ब ७९ करोड, प्रभु बैंकको ६ अर्ब ७८ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ अर्ब १६ करोड रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । त्यस्तै, सिटिजन्स बैंकको वितरणयोग्य नाफा ४४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक छ ।
यसको विपरीत केही बैंकले भने वितरणयोग्य नाफामा उल्लेख्य रकम कायम गरेका छन् । असोज मसान्तसम्म ३ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ वितरणयोग्य नाफासहित एभरेस्ट बैंक पहिलो स्थानमा छ । सिद्धार्थ बैंकको ३ अर्ब ५७ करोड, नेपाल बैंकको २ अर्ब ७५ करोड, नबिल बैंकको २ अर्ब २६ करोड, एनएमबी बैंकको २ अर्ब २५ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ अर्ब २२ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।
यसरी पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा बढे पनि वितरणयोग्य नाफाको अवस्था बैंकअनुसार फरक देखिएको छ । समग्र क्षेत्रको खुद नाफा बढेको अवस्थामा समेत केही बैंकमा सञ्चित नोक्सानी र प्रोभिजनिङको दायित्व कायम रहेकाले लाभांश वितरण गर्न सक्ने क्षमतामा असमानता देखिएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)




.jpg)





प्रतिक्रिया