NIMB Header 2
Nepal Life

माइक्रोफाइनान्सको पूँजी कोष अनुपात १५ प्रतिशत पुर्याउनु पर्ने, तत्काल २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न सुझाव

National Life
  • BFIS News
  • 2023 Nov 08 06:13
माइक्रोफाइनान्सको पूँजी कोष अनुपात १५ प्रतिशत पुर्याउनु पर्ने, तत्काल २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न सुझाव
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट् बैंकले लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधानका विषयमा गरेको एक अध्ययनले हाल लघुवित्त वित्तीय संस्थाको पूँजीकोष अनुपात एकदमै कम रहेको निष्कर्षण निकालेको छ ।

Shikhar
NIMB

लघुवित्त वित्तीय संस्थाको कर्जा विग्रिदै गइरहेको र अन्तर्राष्ट्रिय प्रचलनका आधारमा उक्त अध्ययनले पुँजीकोष अनुपात चरणबद्ध रुपमा बढाई १५ प्रतिशत पुर्याउन सुझाव दिएको हो । लघुवित्त क्षेत्रलाई बिस्तारै समायोजनको लागि समय दिन यसप्रकारको पुँजीकोष वृद्धि गर्न आगामी ३ देखि ५ वर्षको समय सीमा दिनु पर्ने सुझावमा उल्लेख छ । २०८२ असारमा १० प्रतिशत, २०८३ असारमा १२ प्रतिशत, २०८४ असारसम्म १३ प्रतिशत र २०८५ असारसम्म १५ प्रतिशत पुर्याउन भनिएको छ ।

यस्तो पूँजी वृद्धिका लागि संस्थाहरूलाई मर्जर गर्न प्रोत्साहन गर्ने र निश्चित समयावधि पछि प्रमोटर शेयरमा परिणत हुने गरी अग्राधिकार शेयर (convertible preference share) आफ्ना ग्राहकलाई बिक्री गर्ने गरी निष्काशन गर्न दिन सकिने सुझाव समेत दिइएको छ । अन्य उपायबाट पुँजीकोष वृद्धि गर्न नसकेको अवस्थामा विद्यमान चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न दिन सकिने सुझावमा उल्लेख छ ।

लघुवित्त वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने पुँजी पर्याप्तता अनुपात अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा बढी हुनुपर्ने धारणा रहेको छ । यस सम्बन्धमा Christen et al. (2012) ले पाँच तर्क प्रस्तुत गरेका छन्ः कर्जा बिना धितो वा सुरक्षण नहुने भएकाले कर्जाको गुणस्तर छिटो खराब हुने सम्भावना, उच्च प्रशासनिक खर्चका साथै ब्याजदर आम्दानी घट्दा पुँजीको क्षयीकरण छिटो हुने, न्यून पोर्टफोलियो विविधीकरणका कारण स्थानीय स्तरमा हुने घटनाको प्रभाव, कर्मचारीको कमजोर क्षमता/दक्षता र धेरै लघुकर्जा ग्राहक संख्यासँगै अपर्याप्त सुपरिवेक्षण । त्यसैगरी, निक्षेप सङ्कलन नगर्ने लघुवित्त संस्थाहरूले समेत वित्तीय स्रोतका लागि पुँजीमा निर्भर रहनु पर्दछ ।

विभिन्न देशहरूमा पुँजी पर्याप्तता अनुपातमा विविधता रहेको छ । कतिपय देशमा पुँजी पर्याप्तता अनुपातको अभ्यास रहेको छैन् भने यस्तो नियम रहेका अधिकांश मुलुकमा अनुपात ८ प्रतिशत भन्दा बढी रहेको छ । उदाहरणको लागि पाकिस्तानमा पुँजी पर्याप्तता अनुपात कुल जोखिम भारित सम्पत्तिको १५ प्रतिशत, भारतमा Tier I तथा II कुल भारित सम्पत्तिको १५ प्रतिशत, घानामा १० प्रतिशत, भियतनाममा १० प्रतिशत, युगाण्डामा २० प्रतिशत, र कम्बोडियामा १५ प्रतिशत रहेको छ । अर्कोतिर, बंगलादेश र श्रीलकांमा यस्तो अभ्यास रहेको छैन् ।

लघुवित्त वित्तीय संस्थाहरूमा पुँजी पर्याप्तता अनुपात निर्धारण गर्दा मूलतः संस्थाहरूको व्यवसायमा अन्तरनिहित जोखिम र पुँजीमा प्रतिफललाई ध्यान दिनु पर्ने तर्क रहेको छ । त्यसैगरी, पुँजी वृद्धि गर्दा समेत सावधानीपूर्वक अध्ययन सहित गर्नुपर्ने देखिन्छ । उदाहरणको रुपमा भारतमा लघुवित्त वित्तीय संस्थाहरूको उद्देश्यमा विचलन देखिनुको प्रमुख कारण बाह्य वित्त बजारबाट सङ्कलन गरेको पुँजी रहेको पाइएको छ ।

विद्यमान व्यवस्था अनुसार हाल लघुवित्त वित्तीय संस्थाहरूले ८ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने प्रावधान रहेको छ । २०७९ चैतमा पुँजी कोष अनुपात ३ वटा संस्थाको ८ प्रतिशतभन्दा कम, ७ वटाको ८ देखि ९ प्रतिशत, १२ वटाको ९ देखि १० प्रतिशत, ३१ वटाको १० देखि १५ प्रतिशत, र ६ वटा संस्थाको १५ प्रतिशत भन्दा माथि रहेको छ । संस्थाहरूको जोखिम वहन गर्न सक्ने क्षमतामा सुधार, लघुवित्तको कर्जामा हुने उच्च जोखिम लगायतका विविध पक्षहरूका आधारमा विद्यमान पुँजी अनुपातमा परिमार्जन गर्नुपर्ने अवस्था छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया