सुनको भाउ एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो, प्रतितोला २ लाख ४१ हजार ४०० कायम
- BFIS News
- 2026 Nov 25 11:25
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको थियो। यसअनुसार एकैदिन चाँदीको भाउ प्रतितोला १०५ रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
पछिल्लो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ६०५ डलरले घटेको छ। त्यसैगरी, पछिल्लो ६ महिनाको अवधिमा मात्रै सुनको मूल्य प्रतिऔंस ९३९ डलरले घटिसकेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटले नेपाली बजारमा समेत प्रभाव पारेको छ। आगामी दिनमा सुनको मूल्यमा अझै ठूलो गिरावट आउन सक्ने आकलन गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)




.jpeg)





प्रतिक्रिया