Siddartha Bank
Prabhu Mahalaxmi

मितेरी डेभलपमेन्ट बैंकको २१औँ वार्षिक साधारणसभा पुस ४ गते, ११ प्रतिशत लाभांश पारित गर्ने

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 25 16:28
मितेरी डेभलपमेन्ट बैंकको २१औँ वार्षिक साधारणसभा पुस ४ गते, ११ प्रतिशत लाभांश पारित गर्ने
United Ajod

काठमाडौं, मंसिर ९ गते । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

 

Siddartha Bank
EBL
Nepal Life

बैंक सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते साधारणसभा गर्ने निर्णय गरेको हो। सभा सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित कुल ११ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस शेयर र करसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।

त्यस्तै, बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्तापुँजी परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेस हुनेछ। नियमनकारी निकायबाट कुनै संशोधनका लागि सुझाव प्राप्त भएमा सोहीअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, संस्थापक शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचनसमेत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १६ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया