Siddartha Bank
Prabhu Mahalaxmi

स्वास्थ्य बीमा सेवा लिन डिजिटल कार्ड प्रयोग गर्न सकिने

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 26 10:45
स्वास्थ्य बीमा सेवा लिन डिजिटल कार्ड प्रयोग गर्न सकिने
United Ajod

काठमाडौं, १० मंसिर । अब स्वास्थ्य बीमा सेवा उपभोगमा डिजिटल कार्डको प्रयोग गरिने भएको छ। यसले भौतिक रूपमा परिचयपत्र बोक्नुपर्ने बाध्यता हटेको छ।

 

Siddartha Bank
EBL
Nepal Life

स्वास्थ्य बीमा बोर्डले आज स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको नाममा एउटा परिपत्र जारी गर्दै डिजिटल कार्डको प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिएको छ।

स्वास्थ्य बीमामा आबद्ध बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति वा डिजिटल कार्ड अथवा विवरण स्पष्ट देखिने फोटोकपी पेस गरेको अवस्थामा उक्त कार्डमा उल्लिखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमित भएको वा नभएको यकिन गरेर स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्न सेवा प्रदायकलाई बोर्डले निर्देशन दिएको छ।

स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति साथमा नभएका कारणले मात्र बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न पनि बोर्डले सेवा प्रदायकलाई निर्देशन दिएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया