Siddartha Bank
Prabhu Mahalaxmi

बीमा दाबी भुक्तानी नगरे कम्पनीविरुद्ध उजुरी दिन प्राधिकरणको आह्वान

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 26 10:48
बीमा दाबी भुक्तानी नगरे कम्पनीविरुद्ध उजुरी दिन प्राधिकरणको आह्वान
United Ajod

काठमाडौं, १० मंसिर । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले दाबी भुक्तानी नगरेमा आवश्यक प्रमाणसहित उजुरी दिन आह्वान गरेको छ।

 

Siddartha Bank
EBL
Nepal Life

प्राधिकरणले आज एउटा सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो। बीमक, कर्मचारी वा सर्भेयरले विद्यमान नीतिगत व्यवस्थाबमोजिम दाबी भुक्तानी प्रक्रियामा ढिलाइ गरेमा वा भुक्तानी नगरेमा बीमितले आवश्यक प्रमाणसहित प्राधिकरणमा उजुरी दिन सक्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ।

नेपालको बीमा क्षेत्रलाई मर्यादित, पारदर्शी, विश्वसनीय तथा बीमितमैत्री बनाउन बीमा प्राधिकरणले निरन्तर रूपमा नियामकीय तथा नीतिगत व्यवस्था गर्दै आएको सूचनामा दाबी गरिएको छ। बीमा दाबी भुक्तानी प्रक्रियालाई थप छिटो, छरितो, सरल तथा प्रविधिमैत्री बनाइएको व्यहोरा जानकारी गराउँदै प्राधिकरणले यस्तो कार्यलाई सहजीकरण गर्न हाल निम्न व्यवस्था रहेको जानकारी गराएको छ।

  • बीमा ऐन, नियमावली, प्राधिकरणबाट जारी भएका निर्देशिका तथा परिपत्रबमोजिम तोकिएको समयावधिभित्र बीमकले दाबी फर्छ्यौट गर्नुपर्ने नीतिगत व्यवस्था रहेको छ।

  • बीमितहरूको पहुँच सहज बनाउन प्राधिकरणका केन्द्रीय तथा प्रादेशिक कार्यालयहरूबाट सहजीकरणका लागि सेवा प्रदान भइरहेको छ।

  • बीमक, कर्मचारी वा सर्भेयरले विद्यमान नीतिगत व्यवस्थाबमोजिम दाबी भुक्तानी प्रक्रियामा ढिलाइ गरेमा वा भुक्तानी नगरेमा बीमितले आवश्यक प्रमाणसहित नेपाल बीमा प्राधिकरणमा उजुरी दिन सक्ने व्यवस्था रहेको छ।

  • हेलो सरकारमार्फत प्राप्त बीमासम्बन्धी गुनासोहरूको यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था रहेको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया