Siddartha Bank
Prabhu Mahalaxmi

प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट दिने

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 26 11:06
प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट दिने
United Ajod

काठमाडौं, १० मंसिर । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले बीमितहरूको मागलाई ध्यानमा राखी विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका बीमालेख पुनर्जागरण गर्दा यस्तो छुट दिने भएको हो।

 

Siddartha Bank
EBL
Nepal Life

कम्पनीले २०८३ मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरी व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमा प्रारम्भ मितिबाट दुई वर्षभित्रका बीमालेखमा १०० प्रतिशत, दुई वर्षदेखि तीन वर्षसम्मका बीमालेखमा ७५ प्रतिशत र तीन वर्षभन्दा बढी अवधिदेखि व्यतित भएका बीमालेखमा ५० प्रतिशत विलम्ब शुल्क छुट दिने जनाएको छ।

तर, यो सुविधा समुन्नति जीवन बीमा योजना र लोकप्रिय धनफिर्ता बीमा योजनाअन्तर्गतका बीमालेखमा लागू हुने छैन।

यस योजनामा सहभागी भई पुनर्जागरण गरिएका बीमालेख पुनर्जागरण भएको दुई वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरिएको विलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ।

यसअघि विलम्ब शुल्क छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई यस योजनामा समावेश गरिने छैन। साथै, यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितले पूरा बीमा अवधिभर पुनः ब्याज छुट सुविधा पाउने छैनन्।

बीमालेख पुनर्जागरण गर्न कम्पनीले तोकेको आवश्यक अन्डरराइटिङ प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया