Siddartha Bank
Prabhu Mahalaxmi

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 26 20:08
रसुवा–भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस
United Ajod

काठमाडौं, १० मंसिर । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा–भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।

 

Siddartha Bank
EBL
Nepal Life

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार सम्पन्न समितिको ३८औँ बैठकले स्वदेशी तथा विदेशी गरी बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार ९१५ स्वदेशी र सातवटा विदेशी नियोगबाट यकिन भई आएका ६२३ विदेशी नागरिक गरी कुल ४ हजार ५३८ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था रहेको छ ।

यसअघि स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो । विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीका आधारमा दाबी पेस गर्न प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो ।

त्यस्तै, बैठकले ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र, २०८३–२०८७’ स्वीकृत गरेको छ । उक्त मार्गचित्रले २०८७ सालसम्म नेपालका सबै समुदायमा विपद्सम्बन्धी पूर्वसूचना पुर्‍याउने लक्ष्य लिएको छ । यसका लागि पूर्वसूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति तथा सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

यसैगरी, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना, २०८३/८४ र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३–२०८७ समेत स्वीकृत गरेको छ ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया