कामना सेवा विकास बैंकले बिक्री गर्दै २० हजार कित्ता संस्थापक शेयर
- BFIS News
- 2026 Nov 26 12:14
काठमाडौं, ११ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका विभिन्न संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीसँग आवेदन माग गरेको हो ।
बैंकले संस्थापक शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना पहिलोपटक प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाणसहित आवेदन पेस गर्नुपर्नेछ ।
इच्छुक शेयरधनीले आफूले खरिद गर्न चाहेको शेयर संख्या स्पष्ट खुलाएर बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा बैंकले उक्त शेयर बाह्य खरिदकर्तालाई समेत बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया