पहिलो त्रैमासमा १९५ नयाँ उद्योग दर्ता, १ खर्ब ४ अर्ब लगानी प्रस्ताव
- BFIS News
- 2026 Nov 26 21:19
काठमाडौं, १० मंसिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उद्योग विभागमा १९५ वटा नयाँ उद्योग दर्ता भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दर्ता भएका उद्योगमा कुल १ खर्ब ४ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ भने १० हजार २२० जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ ।
दर्ता भएका कुल १९५ उद्योगमध्ये १४ वटा ठूला, २२ वटा मझौला र १५९ वटा साना उद्योग रहेका छन् ।
यसै अवधिमा उद्योग विभागबाट विदेशी लगानीका ४२२ वटा परियोजना तथा उद्योग स्वीकृत भएका छन् । स्वीकृत परियोजनामध्ये ४१० वटा स्वचालित मार्गबाट स्वीकृत भएका हुन् । यी परियोजनामा कुल १५ अर्ब ८७ करोड रुपैयाँ विदेशी लगानी भित्रिने र ५ हजार १२९ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।
त्यस्तै, पहिलो त्रैमासमा विभागमा १ हजार ८७४ वटा ट्रेडमार्क दर्ता भएका छन् भने ट्रेडमार्कसम्बन्धी ७८ वटा मुद्दाको किनारा लगाइएको छ । भारत र चीनमा सहुलियतपूर्ण निर्यातका लागि ३९ वटा उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) सिफारिस गरिएको छ । यस अवधिमा १८ वटा उद्योगको प्रारम्भिक वातावरणीय परीक्षणसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, कम्पनी रजिस्ट्रारको कार्यालयले पहिलो त्रैमासमा १० हजार २२६ वटा नयाँ कम्पनी दर्ता गरेको छ भने १ हजार ४३ वटा कम्पनी खारेज भएका छन् । उक्त अवधिमा १ लाख ८३ हजार ८२ कम्पनीको वार्षिक विवरण अद्यावधिक गरिएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया