NIMB Header 2
Nepal Life

भाइटीकाको दक्षिणा सिधै दिदी बहिनीको खातामा कसरी पठाउने ?

Citizen Life
  • BFIS News
  • 2023 Nov 15 07:34
भाइटीकाको दक्षिणा सिधै दिदी बहिनीको खातामा कसरी पठाउने ?
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद सहित डिजिटल कारोबारका लागि प्रोत्साहन गर्दै आइरहेको छ । नोट छाप्न महंगो पर्ने, हराउने, च्यातिने र विग्रने तथा बैंक वित्तीय संस्थालाई कारोबार गर्न झण्झट हुने भएकाले राष्ट्र बैंकले डिजिटल कारोबारका लागि आम सर्वसाधारणलाई आह्वान गर्दै आइरहेको छ । 

NIMB

यसै क्रममा नेपाल राष्ट्र बैंकले दसैँतिहार जस्ता चाडपर्वमा हुने आर्थिक लेनदेनको कारोबार सिधै मोबाइल बैंकिङ वा यस्तै अन्य डिजिटल माध्यमहरू प्रयोग गर्न अनुरोध गरेको छ ।

तिहारकै अवधिमा केन्द्रीय बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारहरु समेत आफ्ना दिदीबहिनीहरूको सिधै बैंक खातामा जम्मा हुने गरी डिजिटल माध्यम प्रयोग गर्न सुझाव दिएको छ । 

‘तिहारको अवसरमा हर्षोल्लासका साथ भाइटीका मनाउँदै हुनुहुन्छ भने दाजुभाइले आफ्ना दिदीबहिनीलाई दक्षिणा वा उपहारस्वरुप नगदको सट्टा उहाँहरूकै खातामा रकम ट्रान्स्फरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसालौं’ केन्द्रीय बैंकले जारी गरेको वित्तीय चेतनामूलक सूचनामा उल्लेख छ । 

यो सजिलो र भरपर्दो मात्र नभई रकम तत्कालै प्राप्त हुने र सोझै बचत पनि हुने हुँदा बैंक वा वित्तीय संस्था वा एटीएमसम्म जाने झन्झट पनि नहुने बैंकले उल्लेख गरेको छ ।

कसरी गर्ने डिजिटल कारोबार 

बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारका लागि विभिन्न सेवाहरु प्रवाह गर्दै आइरहेका छन् । बैंक वित्तीय संस्था बाहेक भुक्तानी सेवा प्रदायकहरुले डिजिटल प्लाटफर्मको विकास गरेका छन् । ग्राहकहरुले आफ्नो मोबाइल तथा कम्प्युटरको सहायताबाट सहजै कारोबार गर्न सक्ने भएकाले यसले आम मानिसको जीवनमै निकै सहजता प्रदान गरेको छ । त्यसैले आजको दिनमा कुनै पनि दिदि बहिनी तथा दाजुभाइले डिजिटल प्रणालीको प्रयोग गरिरहेका हुन्छन् । 

यदि छैन भने पनि एकै छिनमा मोबाइल वालेटहरु बनाउन सकिन्छ । इसेवा, आइएमई पे, प्रभु पे, खल्ती लगायत रहेका छन् । यिनिहरुको एप मोबाइलमा डाउनलोड गरेर सहजै एकै छिनमा आफ्नो खाता निर्माण गर्न सकिन्छ । र दाजुभाइलाई उक्त डिजिटल वालेटमा खुसुक्क पैसा हालिदिन सक्छन् । 

हामी विजुली, पानी, स्कुल, कलेज, इन्टरनेट लगायतको विल भुक्तानी गर्न घण्टौ लाइनमा बसेर भुक्तानी गर्थ्यौ । अहिले हाम्रो मोबाइलबाटै यि सबै काम एकै छिनमा गर्न सक्छौ । 

भुक्तानी मात्र होइन दक्षिता दिने लगायतका उपहार खरिद गर्नु पर्यो भने पनि डिजिटल प्रणालीबाट भुक्तानी गर्न सक्छ । तिहारको यो उल्लासमय समयमा पनि मोबाइलबाटै बैंकिङ एप, डिजिटल वालेट, कनेक्ट आइपिएस लगायतका माध्यमबाट भुक्तानी गर्न सकिन्छ । अहिले त झन् क्युआर प्रणालीबाट भुक्तानी गर्दा सहजै भनेकै व्यक्तिलाई भुक्तानी दिन सकिन्छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया