NIMB Header 2
Nepal Life

ग्लोबल आइएमई बैंकले डाक्यो १७ औं वार्षिक साधारण सभा, लाभांश पारितदेखि सञ्चालकको निर्वाचन गर्दै

National Life
  • BFIS News
  • 2023 Nov 19 07:53
ग्लोबल आइएमई बैंकले डाक्यो १७ औं वार्षिक साधारण सभा, लाभांश पारितदेखि सञ्चालकको निर्वाचन गर्दै
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले यहि मंसिर २८ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १७ औँ वार्षिक साधारण सभाको आह्वान गरेको छ । बैंकले यस भन्दा अगाडी घोषणा गरेको लाभांश पारितका लागि सधारणसभामा पेश गर्ने भएको छ । 

Shikhar
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको १ प्रतिशतका दरले बोनस शेयर र कर सहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया