NIMB Header 2
Nepal Life

ग्लोबल आइएमइ बैंकले तपाईको कार चढ्ने सपना साकार पार्दै, ७ वर्षका लागि १०.९९ प्रतिशत मै स्थिर व्याजदर

National Life
  • BFIS News
  • 2023 Nov 22 12:50
ग्लोबल आइएमइ बैंकले तपाईको कार चढ्ने सपना साकार पार्दै, ७ वर्षका लागि १०.९९ प्रतिशत मै स्थिर व्याजदर
Sanima Reliance

काठमाडौं। ग्लोबल आइएमई बैंकले तपाइको कार चढ्ने सपना साकार पार्ने गरि इन्धन गाडीमा सर्वसुलभ व्याजदर सहित आकर्षक स्किम सार्वजनिक गरेको छ । 

Shikhar
NIMB

बैंकले १०.९९ प्रतिशत ब्याज दरमै इन्धन गाडीमा कर्जा प्रवाह गर्ने योजना सार्वजनिक गरेको छ। बैंकले सात बर्ष अवधिका लागि ऋण दिने छ। सात बर्षसम्म ब्याज नबढ्ने बैंकले जनाएको छ। विद्युतीय सवारी साधनका लागि बैंकले १०.४९ प्रतिशत ब्याजमै ऋण दिने जनाएको छ।

ऋणका लागि इच्छुकले बैंकका शाखाहरुमा सम्पर्क गर्नु पर्ने हुन्छ। यसबाहेक बैंकको वेवसाइटबाट पनि अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ।

नेपाली नागरिक जो २१ बर्ष पुरा भएर ७० बर्ष ननाघेकाहरुले ऋणका लागि आवेदन दिन सक्छन्। नियमित आयको स्रोतका साथै राम्रो क्रेडिट इतिहास भएकाहरुले ऋण पाउने बैंकले जनाएको छ।

गाडीको मूल्यका आधारमा बैंकले ऋण दिने छ। विद्युतीयमा मूल्यांकनको ८० प्रतिशतसम्म ऋण पाइने छ। इन्धन गाडीको हकमा ५० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्ने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया