NIMB Header 2
Nepal Life

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, बैंक तथा वित्तीय संस्थामा तर्फ सर्वाधिक कर तिर्ने ग्लोबल आइएमई बैंक

National Life
  • BFIS News
  • 2023 Nov 23 11:05
सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, बैंक तथा वित्तीय संस्थामा तर्फ सर्वाधिक कर तिर्ने ग्लोबल आइएमई बैंक
Sanima Reliance

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आज अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई सम्मान गरेका हुन्।

Shikhar
NIMB

आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनीले बुझाएको छ। त्यसैगरी, डाबर नेपाल प्रा.लि.ले निर्यात कारोबारबाट, एसियन पेन्ट्सले विषेश उद्योगबाट, ओबिसी फुड्स प्रालीले कृषि एवम् पशुजन्यतर्फ, सहकारी तथा लघुवित्तबाट छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ग्लोबल आईएमई बैंक, बीमातर्फबाट लाइफ इन्स्योरेन्स कर्पोरेसन स्वास्थ तथा शिक्षाबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटनबाट मनोकामना दर्शन प्रालि, वस्तु व्यापारबाट भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदाताबाट नेपाल स्टक एक्सचेन्ज, ऊर्जाबाट भोटेकोसी पावर कम्पनी, रेमिटेन्सबाट आईएमई लिमिटेड, व्यक्ति आयबाट विजयकुमार शाह सम्मानित भएका छन्।

सूर्य नेपाल प्रालि भने संस्थागततर्फ आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने दुई विधामा सम्मानित भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया