NIMB Header 2
Nepal Life

पहिलो त्रैमाशमा बैंकका कर्मचारीको बोनस २ अर्ब २३ करोड, कुन बैंकको कति ?

National Life
  • BFIS News
  • 2023 Nov 27 03:59
पहिलो त्रैमाशमा बैंकका कर्मचारीको बोनस २ अर्ब २३ करोड, कुन बैंकको कति ?
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले मुनाफाबाट २ अर्ब२३ करोड बोनस पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले कर्मचारीका लागि मुनाफाबाट २ अर्ब २३ रुपैयाँ बोनसका लागि प्रोभिजनिङ अर्थात छुट्टाएर सुरक्षित गरेका छन् ।

Shikhar
NIMB

गत आर्थिक वर्षको यहि अवधिमा बैंक वित्तीय संस्थाले कर्मचारीका लागि २ अर्ब ७९ करोड छुट्टाएका थिए । यस वर्ष मुनाफामा गिरावट सँगै कर्मचारीले पाउने बोनस रकममा पनि भारि गिरावट देखिएको छ ।

बैंकहरुले यसरी छुट्टाएको रकम कर्मचारीहरुलाई अहिले नै दिदैनन्। कर्मचारीहरुले असार मसान्तसम्म उठेको रकम हिसाव गरेर मात्रै वितरण गर्छन् । कर्मचारीहरुले बोनस ऐन अनुसार नाफाको १० प्रतिशत बोनस वापत पाउँछन् । साथै, बोनस ऐन अनुसार कम्पनीले गर्ने नाफाको ६ महिनासम्मको तलब बराबर बोनस दिन मिल्छ । केही बैंक तथा वित्तीय संस्थाले केही प्रतिशत बोनस आर्थिक वर्षको अन्त्यमा, दशैंमा र वार्षिक साधारणसभामा किस्ता/किस्ता गरेर वितरण गर्छन् ।

पहिलो त्रैमाशिक अवधिमा सर्वाधिक धेरै बोनस नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले छुट्टाएको छ । कम्पनीले कर्मचारीका लागि बोनस बापत २४ करोड २४ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । दोस्रो धेरै बोनस नविल बैंकले २३ करोड ८६ लाख रुपैयाँ छुट्टाएको छ ।

ग्लोबल आइएमईले १९ करोड ७७ लाख, प्रभाम बैंकले १८ करोड २७ लाख, हिमालयन बैंकले १७ करोड ७६ लाख, एनआइसी एशिया बैंकले १५ करोड ७२ लाख, प्रभु बैकले १५ करोड ५५ लाख, एनएमबी बैंकले १५ करोड २८ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३ करोड १३ लाख, एभरेष्ट बैंकले १२ करोड ३९ लाख, माछापुच्छ्र बैंकले ८ करोड ६० लाख, नेपाल एसबिबआइले ७ करोड ६० लाख, सानिमा बैंकले ७ करो ४९ लाख रुपैयाँ छुट्टाएका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया