NIMB Header 2
Nepal Life

नेपाल बैंकले भुकम्प पडितका लागि गर्यो ५० लाख आर्थिक सहयोग

National Life
  • BFIS News
  • 2023 Nov 29 19:37
नेपाल बैंकले भुकम्प पडितका लागि गर्यो ५० लाख आर्थिक सहयोग
Sanima Reliance

काठमाडौं । कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर मिति २०८० साल कार्तिक १७ गते मध्यरातमा गएको भुकम्पबाट ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा भुकम्पबाट प्रभावित समुदायलाई यस बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कोषबाट रु. ५० लाख प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सहयोग गरेको छ ।

Shikhar
NIMB

नेपाल बैंक लिमिटेडका सञ्चालक समितिको अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, बालुवाटारमा आयोजित एक कार्यक्रममा रु.५० लाखको चेक प्रधानमन्त्री पुष्प कमल दाहाल समक्ष हस्तान्तरण गरेका हुन् । नेपाल बैंक लिमिटेडबाट भुकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रधानमन्त्री पुष्प कमल दाहाल‍ले बैंक परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । 

उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शमशेर ज.ब.रा., का.मु. प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा वरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियोे ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया