फर्स्ट माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस शेयर बराबर
- BFIS News
- 2023 Nov 30 11:14
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष यसले १९% बोनस सेयर र कर तिर्न १% नगद लाभांश वितरण गरेको थियो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया