NIMB Header 2
Nepal Life

बैंकहरुको रिटर्न अन इक्वीटी १० वर्षमा २० प्रतिशतबाट घटेर ८ प्रतिशतमा झर्यो : बैंकर्स संघका अध्यक्ष केसी

National Life
  • BFIS News
  • 2023 Dec 01 15:33
बैंकहरुको रिटर्न अन इक्वीटी १० वर्षमा २० प्रतिशतबाट घटेर ८ प्रतिशतमा झर्यो : बैंकर्स संघका अध्यक्ष केसी
Sanima Reliance

काठमाडौं । बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले विगत १० वर्षको अवधिमा बैंकहरुको रिटर्न अन इक्वीटी २० प्रतिशतबाट घटेर ८ प्रतिशतमा झरेको बताएका छन् । गत वर्षको तुलनामा बैंकहरुको मुनाफा २८ प्रतिशतले घट्दा यस्तो अवस्था आएको उनले जानकारी दिएका छन् । 

Shikhar
NIMB

बैंकहरुमा पछिल्लो समय चुनौतीहरु थपिएको बताउदै उनले भने 'पछिल्लो समय बैंकहरुलाई सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोवल पनि कमजोर बन्दै गइरहेको छ।’ उनले बैंकहरुमा पछिल्लो समय खराब कर्जा लगायतका चुनौतिहरु रहेको बताए। दक्षिण एशियाका अन्य देशहरु भन्दा नेपालको बैंकहरु अवस्था राम्रो भएपनि सजग हुनुपर्ने उनको भनाइ रहेको छ । 

उनले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा आएको भन्दै बैंकको ब्याजदर अझै घट्दै जाने दाबी गरे। उनले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख गरे।

उनले भने,‘पछिल्लो समय उच्च भनिएको बैंकको ब्याजदर अहिले आएर घट्ने क्रममा छ। अघिल्लो वर्षदेखि अहिलेसम्म कर्जामा लिने ब्याज १ प्रतिशत भन्दा बढीले घटिरहेको अवस्था छ। बैंकको वेसरेट पनि घटेर एकल अंकमा आइसकेको छ। बैंकको ब्याजदर घट्ने क्रम जारी छ।’

अध्यक्ष केसीले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रुपमा अगाडि बढेको भन्दै नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य रकम प्रशस्त रहेको बताए। उनले देशको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको पनि बताए। शुक्रवार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया