NIMB Header 2
Nepal Life

सिटिजन्स बैंकको १९०औँ शाखा सञ्चालनमा, टेकु र इमाडोल शाखामा विशेष छुट

National Life
  • BFIS News
  • 2023 Dec 05 13:53
सिटिजन्स बैंकको १९०औँ शाखा सञ्चालनमा, टेकु र इमाडोल शाखामा विशेष छुट
Sanima Reliance

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा विस्तारलाई जारी राखेको छ। बैंकले आफ्नो १९०औँ शाखा काठमाडौंको इमाडोलमा सञ्‍चालनमा ल्याएको हो । 

Shikhar
NIMB

इमाडोल शाखासँगै काठमाडौं उपत्यकाभित्र बैंकका ३८ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५२ वटा शाखाहरु सञ्‍चालनमा आएका छन्।

नयाँ शाखा सञ्‍चालनको अवसरमा यस शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ। साथै, लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको बैंकले बताएको छ। यो सुविधाहरु हालसालै सञ्‍चालनमा आएको टेकु शाखामा पनि उपलब्ध छ।

इमाडोलमा मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्‍चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्‍याउने दृढता व्यक्त गरे।

सो अवसरमा बैंक सञ्‍चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो। उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्‍न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको समेत उपस्थिति रहेको थियो।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५० वटा एटीएम र ९७ वटा शाखारहित बैंकिइ इकाइहरुबाट १६ लाख ७९ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको बताएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया