NIMB Header 2
Nepal Life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सिइओ पौडेलको वार्षिक तलब सुविधा एक करोड १२ लाख

National Life
  • BFIS News
  • 2023 Dec 05 18:15
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सिइओ पौडेलको वार्षिक तलब सुविधा एक करोड १२ लाख
Sanima Reliance

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले गत आर्थिक वर्षमा तलब भत्ता बापत एक करोड १२ लाख रुपैयाँ बुझेका छन् । बैंकले पौडेललाई आ.व. २०७९/०८० मा तलब, भत्ता, दशैं, बोनस, सञ्चयकोष तथा बिदा वापतको तलब गरी जम्मा एक करोड बाह्र लाख तेह्र हजार नौ सय चार रुपैंया भुक्तानी गरेको हो ।

Shikhar
NIMB

बैंकले उनलाई २०७९ माघ १ गतेदेखि प्रमुख कार्यकारी अधिकृत पदमा पुननियुत्ति गरिएको थियो । उनको अघिल्लो कार्यकाल समाप्त भएको मितिसम्म विकास बैंक र प्रमुख कार्यकारी अधिकृत बिच भएको करारनामा बमोजिम सञ्चित बिदा तथा उपदान बापतको रकम समेत भुक्तानी गर्दा उनले प्राप्त गरेको रकम धेरै देखिएको बैंकले जनाएको छ ।

सञ्चालक समितिको बैठकमा उपस्थित भएवापत अध्यक्षलाई प्रति बैठक भत्ता रु. १० हजार र अन्य सदस्यलाई प्रति बैठक भत्ता रु. ९ हजार प्रदान गरिएको बैंकले जनाएको छ ।

आ.व. २०७९/०८० मा सञ्चालक समिति बैठक भत्ता रु. १० लाख २४ हजार, लेखापरीक्षण समितिको बैठक भत्ता रु. १ लाख २६ हजार, जोखिम व्यवस्थापन समितिको बैठक भत्ता रु. ७२ हजार, कर्मचारी सेवा सुबिधा समितिको बैठक भत्ता रु. २७ हजार र सम्पत्ती शुद्धीकरण निवारण समितिको बैठक भत्ता रु. ५४ हजार गरी कुल बैठक भत्ता रु. १३ लाख ०३ हजार तथा यातायात, सञ्चालक शिक्षा तथा अन्य खर्च (उप–समिति बैठक खर्च समेत) वापत कुल रकम रु. १७,७३,३८२ गरी जम्मा तिस लाख छयत्तर हजार तिन सय बयासी रुपैंया भुक्तानी भएको छ ।

बैंकले यहि मंसिर २३ गते १५ ‍औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले साधारणसभामा शेयरधनीका  लागि भने १०.५० प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया