सिटिजन बैंकको सिबिआइएल सेक्युरिटिजको औपचारिक उद्घाटन
- BFIS News
- 2023 Dec 11 10:56
काठमाडौं । सिटिजन बैंकका पुर्ण लगानीको सिबिआइएल सेक्युरिटिजले व्यवसायिक शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष प्रवल जंङ पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेश राज पोख्रेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सिबिआइएल सेक्युरिटिजले ब्रोकर नम्बर ९१ बाट शेयर खरिद बिक्री गर्ने छ । सेक्युरिटिजले ब्रोकरको मात्र कारोबार गर्न अनुमति पाएको हो । कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया