NIMB Header 2
Nepal Life

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा, स्टक ब्रोकर सम्बन्धी सेवा प्रदान गर्ने

National Life
  • BFIS News
  • 2023 Dec 11 15:55
ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा, स्टक ब्रोकर सम्बन्धी सेवा प्रदान गर्ने
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोवार सम्बन्धी सेवा सुरु गरेको छ । 

Shikhar
NIMB

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबिच सो कम्पनीको उद्घाटन गरी टीएमएस मार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गरेका छन् ।

सो समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यवसायिक सफलताको कामना गर्नुका साथै धितोपत्र बजारको विकास र विस्तारसंगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपुर्ण भूमिका खेल्न सक्नुपर्ने बताए । 

त्यसैगरी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताए ।  

समारोहमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका संचालकहरु लगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोवारको लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान कामनपा वडा नं १० नयाँबानेश्वर शंखमुलमार्ग र नेपाल स्टक एक्सचेञ्ज लि.को धितोपत्र दलाल सदस्य नं ८९ रहेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया