NIMB Header 2
Nepal Life

कात्तिक महिनासम्ममा बैंक वित्तीय संस्थाको मुनाफा २२ अर्ब ६२ करोड, नविल पहिलो दोस्रोमा ग्लोबल (कसको कति)

National Life
  • BFIS News
  • 2023 Dec 18 17:55
कात्तिक महिनासम्ममा बैंक वित्तीय संस्थाको मुनाफा २२ अर्ब ६२ करोड, नविल पहिलो दोस्रोमा ग्लोबल (कसको कति)
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा बैंक वित्तीय संस्थाले २२ अर्ब ६२ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चार महिनाको अवधिमा सर्वाधिक धेरै मुनाफा नविल बैंकले २ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको छ । पहिलो त्रैमाशिक अवधिमा सर्वाधिक धेरै मुनाफा नेपाल इन्भेष्टमेन्ट मेगाको थियो । अहिले तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्टको एक अर्ब ८६ करोड रहेको छ । दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमईको मुनाफा एक अर्ब ९४ करोड रहेको छ ।

Shikhar
NIMB

चौथो नम्बरमा रहेको प्राइम बैंकले एक अर्ब ५३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । एक अर्ब मुनाफा आर्जन गर्ने  अन्य बैंकहरुमा क्रमश हिमालयन बैंक एक अर्ब ५० करोड, एनआइसी एशिया एक अर्ब ३७ करोड, एनएमबी बैंक एक अर्ब २३ करोड, नेपाल राष्ट्रिय बाणिज्य बैंक एक अर्ब २० करोड, एभरेष्ट बैंक एक अर्ब ८ करोड र प्रभु बैंकको एक अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

हेर्नुहोस् कुन बैंकको कति 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया