NIMB Header 2
Nepal Life

सिडी रेसियो ७९.८९ प्रतिशतमा झर्यो, सिजनमै कर्जा विस्तार ठप्प हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता

National Life
  • BFIS News
  • 2023 Dec 19 16:38
सिडी रेसियो ७९.८९ प्रतिशतमा झर्यो, सिजनमै कर्जा विस्तार ठप्प हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता
Sanima Reliance

काठमाडौं । सिडी रेसियो ८० प्रतिशतबाट पनि तल ७९.८९ प्रतिशतमा झरेको छ । बैंकहरुको कर्जा विस्तार ठप्प हुँदा बजारमा अधिक तरलता देखिएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए । उनले भने 'बैंकहरुमा कर्जाको माग नै छैन। अवस्था गम्भिर बन्दै गइरहेको छ ।' 

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा कुल निक्षेप ६० खर्ब १६ अर्ब पुगेको छ भने कर्जा विस्तार ४९ खर्ब ९६ अर्ब रहेको छ । कर्जा प्रवाह बढ्नु पर्नेमा उल्टै घटिरहेको छ । एकातिर निक्षेप बढिरहेको छ भने अर्को तिर कर्जा विस्तार खुम्चिदै गएको छ । 

अर्थतन्त्रमा अझै पनि कन्फिडेन्स देखिएको छैन । नयाँ उद्योग कलकारखाना बन्ने अवस्था छैन । जलविद्युत क्षेत्रमा जाने कर्जा लगभग गइसकेको छ । विगतका वर्षमा जलविद्युत क्षेमा जाने कर्जाको हिस्सा धेरै हुन्थ्यो जसले गर्दा प्रणालीमा कर्जा प्रवाह पनि धेरै देखिने गरेको थियो । नयाँ आयोजना बन्ने क्रम ठप्प छ । 

सबैभन्दा ठुलो कर्जा प्रवाह घरजग्गामा छ । कोभिड १९ को समयमा बैंकहरुले घरजग्गामा ठुलो तरलता प्रयोग गरेका थिए । त्यो पैसा अझै पनि बजारमा आउन सकेको छैन । यदि घरजग्गा केहि खुकुलो भयो र कारोबार बढ्यो भने बजारमा थप तरलता आउने र लगानीयोग्य रकम बढ्ने राणाको तर्क छ । 

कर्जा प्रवाह अनुत्पादनमुलक क्षेत्रमा धेरै भएकोले गर्दा नेपालको बैंकिङ तरलतामा स्थायित्व छैन । कसैले घरजग्गाबाट राम्रो पैसा कमाएको देखियो भने सबै जना त्यतै तिर लाग्ने त्यस्तै शेयर बजारबाट कसैले पैसा कमाएको देखेमा अरु पनि शेयर बजारमै प्रवेश गर्ने प्रवृत्तीले पनि अर्थतन्त्रलाई स्थायित्व दिन सकेको छैन । 

सरकारले करमा इन्सेन्टिभ दिएर उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने वातावरण नबनाउन्जलेसम्म बैंकिङ प्रणालीको ठुलो कर्जा यस्तै अनुत्पादनुमलक क्षेत्रमै प्रवाह हुने राणाले बताए । अहिले नै बैंकहरु सँग ६ खर्ब भन्दा माथिको तरलता देखिइसकेको छ । यहि अवस्था बढ्दै जाने हो भने बैंकहरुले पुनः आफ्नो कर्जालाई अनुत्पादनमुलक क्षेत्रमै प्रवाह गर्नेमा दुई मत छैन । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया