NIMB Header 2
Nepal Life

लक्ष्मी सनराइज उत्सवको विजेता घोषणा, सर्वाधिक उत्कृष्ट भिडियो बनाएर हरि नेपालले जिते ५० हजार

National Life
  • BFIS News
  • 2023 Dec 22 16:32
लक्ष्मी सनराइज उत्सवको विजेता घोषणा, सर्वाधिक उत्कृष्ट भिडियो बनाएर हरि नेपालले जिते ५० हजार
Sanima Reliance

काठमाडौं। लक्ष्मी सनराइज बैंकले ‘लक्ष्मी सनराइज उत्सव’को विजेता घोषणा गरेको छ । बैंकले सामाजिक सन्देशमुलक अभियान “लक्ष्मी सनराइज उत्सव” अन्तर्गत तिहार तथा छठ पर्वको उपलक्ष्यमा छोरीलाई लक्ष्मीको रुपमा अपनाएर उत्कृष्ट भिडियो बनाउने तीन विजेता घोषणा गरेको हो ।

Shikhar
NIMB

सर्वाधिक उत्कृष्ट भिडियो बनाएर लक्ष्मी सनराइजको फेसबुक पेजमा ट्याग गरेका हरि नेपालले ५० हजार रुपैयाँ जितेका छन् । त्यस्तै दोस्रो स्थान हासिल गर्दै विरेन्द्र चन्दले ३० हजार र तेस्रो स्थान हासिल गर्दै रञ्जना मिश्रले १५ हजार जितेकी छिन् । बैंकले तीनै जनालाई सामाजिक सञ्जाल मार्फत नै सम्पर्क गर्न अनुरोध गरेको छ । 

नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन यस्तो कार्यक्रम सार्वजनिक गरेको थियो । 

अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पुर्‍याउने बैंकको लक्ष्य रहेको छ । यस अभियान अन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजागर गर्न आग्रह गरेको थियो।

बैंकले यसरी भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने सहभागीहरुमध्येबाट उत्कृष्ट तीन वटा भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कारको घोषणा गरेको थियो । सहभागीहरुले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग #laxmisunriseutsab पनि प्रयोग गर्नुपर्ने नियम रहेको थियो । यस क्याम्पियनमा बहुसंख्यक कथाहरुको भिडियो ट्याग भएको थियो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया