NIMB Header 2
Nepal Life

एनएमबि बैंकको बैंकिङ एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

National Life
  • BFIS News
  • 2023 Dec 24 18:30
एनएमबि बैंकको बैंकिङ एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले हेटौडा खानेपानी व्यवस्थापन बोर्ड सँग मोबाइल एपबाटै खानेपानी महशुल भुक्तानीका सम्झौता गरेको छ । अव हेटौडा उपमहानगरपालिकाका खानेपानी उपभोक्ताले एनएमबी बैंकको मोबाइल एपबाटै विद्युत महशुल भुक्तानी गर्न पाउने भएका छन् । 

Shikhar
NIMB

उपभोक्ताहरुले बैंकको मोबाइल एम (eNMB App) मार्फत बिना कुनै झंझट घरमै बसेर अनलाइनबाटै शुल्क तिर्न सक्ने बैंकले जनाएको छ । हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना
कुमारी लामा, एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट
बीच सम्झौता आदानप्रदान भएको थियो।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ। एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया