NIMB Header 2
Nepal Life

शेयरधनीलाई ४.२१ प्रतिशत मात्रै लाभाशं दिएको निफ्राका सिइओले बुझे वार्षिक एक करोड ३७ लाख तलब भत्ता

National Life
  • BFIS News
  • 2023 Dec 26 12:47
शेयरधनीलाई ४.२१ प्रतिशत मात्रै लाभाशं दिएको निफ्राका सिइओले  बुझे वार्षिक एक करोड ३७ लाख तलब भत्ता
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले तलब भत्ता बापत वार्षिक एक करोड ३७ रुपैयाँ बुझेका छन् । उनले गत आर्थिक वर्ष २०७९/८० मा तलब भत्ता बाहेक सम्झौता पत्रमा उल्लेख भए बमोजिमको सेवा सुविधा प्राप्त गरेको बैंकले जनाएको छ ।

Shikhar
NIMB

त्यस्तै नायव महाप्रवन्धकहरुले गत वर्ष ८९ लाख २ हजार रुपैयाँ र प्रवन्धकहरुले एक करोड ५० लाख ३७ हजार रुपैयाँ बुझेका छन् । गत आर्थिक वर्षमा बैंकले सञ्चालकहरुलाई बैठक भत्ता, भ्रमण भत्ता र खर्च बावत कुल १७ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ । यसका अतिरिक्त सञ्चालकहरुलाई सञ्चार यातायात र पत्रपत्रिका बापत प्रति सञ्चालक मासिक एकमुष्ठ १० हजार रुपैयाँ प्रदान गर्ने गरिएको छ ।

बैंकले आगामी पुस १७ गते पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाले शेयरधनीहरुलाई भने ४.२१०५ प्रतिशत अर्थात ९० करोड ९४ लाख रुपैयाँ नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।

बैंकले आजसम्मको व्यवसायीक यात्रा तय गरिराख्दा दीर्घकालमा बैंकलाई सबल पूर्वाधार विकासको साझेदार बैंकको रुपमा कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा बढी केन्द्रीत भई अघि बढेको प्रमुख कार्यकारी अधिकृत खतिवडाले बैंकको वार्षिक प्रतिवेदनमा बताएका छन् ।

विद्यमान बैंक तथा वित्तीय संस्थाहरु भन्दा फरक उदेश्यका साथ संचालनमा आएको यस बैंकले समग्र पूर्वाधार विकासको आधार तयार गर्दै लगानी विस्तार गर्न परियोजनाको पाईपलाईन तयार गर्ने, ठुलो लगानीको सम्भावना रहेको उर्जा, स्वास्थ, सिमेन्ट, शहरी विकास, पर्यटन तथा सामाजिक पूर्वाधारका परियोजनाहरुमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफल साबित भएका उपकरणहरु जस्तैः कमर्सियल ब्लेण्डिङ, कमर्सियल हेजिंग, सम्पति मौद्रिकिकरण, जोखिम सहित र रहितको ऋण उपकरणहरु, पूर्वाधार बोन्ड, पूर्वाधार कोष सहित स्रोतको सुनिश्चितता हुने गरिको परियोजना लगानीका संरचना तयार गर्न प्रारम्भिक अध्ययनको कार्यहरु सम्पन्न गरि तीनवटा ठुला परियोजनाहरुको विकास निर्माण गर्न कानुनी संरचना सहित Special Purpose Vehicle को स्थापना गर्ने, तालुक निकायहरुबाट कानुनी व्यवस्था हुने जस्ता कार्यहरु चालु आ. व. बाट अगाडी बढाएको खतिवडाले जानकारी दिएका छन् ।

 उनले भने ‘ठुला पुर्वाधारका परियोजनाहरुको लगानी संरचना तयार भई लगानी प्रवाह र निर्माण तथा संचालनसम्मको अवस्थासम्म पुग्न हामी जस्तो अर्थतन्त्रमा थप चुनौती पुर्ण छ र यसले अन्य विकासशील मुलुकहरुको अपेक्षामा बढी समय खर्चिने हुँदा बैंकले शेयरधनी महानुभावहरुले गर्नु भएको लगानीमा निरन्तर प्रतिफल सुनिश्चित गर्न बैंक संग रहेको लगानी योग्य रकम निजी क्षेत्रबाट प्रबर्धित उर्जा, पर्यटन, सिमेन्ट, स्वास्थ्य, सूचना प्रविधि लगायतका उपलब्ध परियोजनाहरुमा बैंक आफै र/वा सहवित्तीयकरणमा सहभागी भई कर्जा लगानी बिस्तार गरिरहेको छ ।’

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया