NIMB Header 2
Nepal Life

पाँच बैंकको शेयर धितोकर्जा एकल अंकमा, कुनमा सस्तो कुनमा महंगो ? (हेर्नुहोस् सूचिसहित)

National Life
  • प्रभात कुईकेल
  • 2023 Dec 31 17:43
पाँच बैंकको शेयर धितोकर्जा एकल अंकमा, कुनमा सस्तो कुनमा महंगो ? (हेर्नुहोस् सूचिसहित)
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्थाहरुले शेयर बजारलाई लक्षित गर्दै शेयरधितो कर्जाको व्याजदर घटाएका छन् । बैंकहरुले व्याजदर मात्रै घटाएका छैनन् शेयरधनीहरुलाई कर्जाका लागि प्रोत्साहन समेत गरिरहेका छन् । बैंकिङ प्रणालीमा तरलता बढ्दै गए पछि बैंकहरुको कर्जा विस्तारको पहिलो प्राथमिकतामा शेयर बजार परेको हो । यसले गर्दा अधिकाम्स बैंक वित्तीय संस्थाले शेयरधितो कर्जाका विभिन्न स्किम नै तयार परेका छन् ।

 

Shikhar
NIMB

बैंक वित्तीय संस्थाहरु मध्ये सर्वाधिक सस्तो व्याजदर नेपाल बैंकको रहेको छ । नेपाल बैंकले शेयर बजारलाई लक्षित गर्दै आकर्षिक स्किम सहित काजगपत्र पुरा भएको २४ घण्टामै कर्जा प्रवाह गर्दै आइरहेको छ । नेपाल बैंकले लगानीकर्तालाई न्युनतम ९.०५ प्रतिशतदेखि अधिकतम १४.०५ प्रतिशतको रेञ्ज तोकेको छ । पछिल्लो समय बैंकहरुले न्युनतम दरमै कर्जा प्रवाह गरिरहेका छन् ।

दोस्रो सस्तो व्याजदर सिद्धार्थ बैंकको छ । सिद्धार्थ बैंकले शेयर धितोमा राखेर ९.५० प्रतिशतदेखि १३.५० प्रतिशतको विचमा कर्जा प्रवाह गरिरहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पनि व्याजदर ९.६६ प्रतिशत रहेको छ । चुक्ता पूँजी लगायत विभिन्न सूचकमा अगाडी रहेको ग्लोबल आइएमई बैंकले पनि शेयर धितो कर्जाको व्याजदर ९.८० प्रतिशत निर्धारण गरेको छ । धितोमा राख्न चाहेको कम्पनी तथा शेयरधनीको अवस्था अनुसार बैंकहरुले व्याजदर निर्धारण गर्ने गरेका छन् ।

एनएमबी बैंकको पनि शेयरधितो कर्जा एकल विन्दुमै रहेको छ । बैंकले लगानीकर्तालाई ९.९० प्रतिशतदेखि अधिकतम १३.९० प्रतिशत तोकेको छ । अन्य बैंकहरुमा क्रमश कृषि विकास बैंक १०.११ प्रतिशत, नविल बैंकले ५० लाख भन्दा मुनिको कर्जामा १०.३० प्रतिशत र ५० लाख भन्दा माथिको कर्जामा ११.३० प्रतिशत, एनआइसी एशिया बैंक १०.३९ प्रतिशत, सिटिज बैंक १०.३९ प्रतिशत, प्राइम बैंक १०.५२ प्रतिशत, हिमालयन बेंक १०.७७ प्रतिशत, महालक्ष्मी विकास बैंक १०.८९ प्रतिशत, सानिमा बैंक ११.०९ प्रतिशत, एक्सेल विकास बैंकको ११.१२ प्रतिशत रहेको छ ।

मुक्तिनाथ विकास बैंक ११.२५ प्रतिशत, साग्रिला विकास बैंक ११.२५ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंक ११.३९ प्रतिशत, कामना सेवा विकास बैंक ११.६० प्रतिशत, ज्योति विकास बैंक ११.७६ प्रतिशत, माछापुच्छ्रे बैंक ११.८६ प्रतिशत, नेपाल एसबिआइ बैंक ११.३९ प्रतिशत रहेको छ ।

लगानीकर्ताले आफु सँग भएको शेयर धितोमा राखेर सहजै बैंकबाट कर्जा लिन सक्छन् । लगानीकर्ताले आफु सँग भएको शेयरको बजार मूल्य वा १८० दिनको औषत मूल्य जुन कम हुन्छ त्यसको ७० प्रतिशत मात्रै कर्जा प्राप्त गर्न सक्छन् । अर्थात यदि तपाई सँग नविल बैंकको १००० हजार कित्ता छ । उक्त शेयर धितोमा राखेर कर्जा लिन चाहनु भयो भने अहिले नविल बैंकको १८० दिनको औषत मूल्य ५७६ रुपैयाँ रहेको छ भने पछिल्लो कारोबार दिनमा कम्पनीको शेयर मूल्य ५१५ रुपैयाँ छ । शेयरधितो कर्जाको मूल्याङ्कन गर्दा पछिल्लो दिनको बजार मूल्य ५१५ रुपैयाँ गणना हुने भयो । यस आधारमा कम्पनीको मूल्याङ्कन ५ लाख १५ हजार हुन आउछ । नेपाल राष्ट्र बैंकको नियम अनुसार अव तपाईले उक्त मूल्याङ्कनको ७० प्रतिशत अर्थात अधिकतम ३ लाख ६० हजार ५०० रुपैयाँ कर्जा पाउन सक्नु हुन्छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया