NIMB Header 2
Nepal Life

एनएमबी बैंकका सिइओ सुनिल केसीको वार्षिक तलब सुविधा २ करोड ४८ लाख, तीन दशक भन्दा लामो अनुभव

National Life
  • BFIS News
  • 2024 Jan 06 07:37
एनएमबी बैंकका सिइओ सुनिल केसीको वार्षिक तलब सुविधा २ करोड ४८ लाख, तीन दशक भन्दा लामो अनुभव
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको वार्षिक तलब सुविधा २ करोड ४८ लाख रुपैयाँ रहेको छ । बैंकले सिइओ केसीलाई गत आर्थिक वर्ष २०७९/८० मा तलब बापत ९० लाख रुपैयाँ दिएको छ भने सञ्चयकोषमा ९ लाख रुपैयाँ जम्मा गरिदिएको छ ।

Shikhar
NIMB

भत्ता बापत ८५ लाख रुपैयाँ दिएको छ । नियम अनुसार गत वर्षको मुनाफाबाट उनलाई बोनस बापत ६३ लाख ३६ हजार रुपैयाँ उपलब्ध गराइएको छ । अन्य ८२ हजार रुपैयाँ सहित कुल २ करोड ४८ लाख रुपैयाँ दिइएको बैंकले जनाएको छ ।

बैंकिङ क्षेत्रमा तीन दश भन्दा लामो समय विताइसकेका केसी बैंकर्स एसोसिएसनका अध्यक्ष समेत हुन् । बैंकले केसीलाई २०७३ सालमा पहिलो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । अहिले उनको यो दोस्रो कार्यकाल हो । सिइओ बन्दा बैंकिङ क्षेत्रमा २७ वर्ष काम गरिसकेका थिए ।

केसीले तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करियर सुरु गरेका हुन्। सन् २००८ मा उनी फाइनान्सियल मार्केट हेड भएपछि एनएमबीमा नायव महाप्रबन्धकका रुपमा छिरेका थिए। बैंकमा प्रवेश गरेको केहि समयमै नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका केसीले सबैलाई विश्वासमा लिएर काम गर्दै आइरहेका छन् । स्नातकसम्म विज्ञान पढेका केसीले पछि एमबिए गरेका हुन्।

मर्जरको बाढी चल्दा पनि आफुलाई अनरवरत रुपमा टिकाउन सकेका केसीले मर्जर पछि ठुला बनेका बैंकहरुलाई पनि टक्कर दिनेगरी काम गरेका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया