NIMB Header 2
Nepal Life

नाडामा बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा चयन, उपाध्यक्षमा राजनबाबु र निराकार श्रेष्ठ

Muktinath Bank
  • BFIS News
  • 2024 Jan 08 06:47
नाडामा बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा चयन, उपाध्यक्षमा राजनबाबु र निराकार श्रेष्ठ
National Life

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा पदाधिकारी चयन भएको छ । यस अघि नै शुक्रबारको साधारणसभाले करण चौधरीलाई अध्यक्ष चुनिसकेको छ । अध्यक्ष निर्विरोध चयन भएपछि वरिष्ठ उपाध्यक्षसहितका अन्य पदाधिकारीको पनि टुङ्गो लागेको छ । 

NIMB

आइतबार बसेको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छालाई चुनेको छ। ४७औँ साधारणसभाले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पदको व्यवस्था गरेको थियो । अगामी दुई बर्षपछि आकाश गोल्छा स्वत अध्यक्ष बन्ने छन ।

त्यस्तै उपाध्यक्षमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठ चयन भएका छन । महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल दोहोरिएका छन्।

सचिवमा भने बिक्रम सिंधानियाँ र बिवाईडीकी यमुना श्रेष्ठ बीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा विक्रम सिंघानियाले १५ मत पाए भने यमुना श्रेष्ठको १४ मत पाइन । सह कोषाध्यक्षमा पंकज अग्रवाल चयन भएका छन्।

शुक्रबारको साधारण सभाबाट सदस्यमा सुनिल रिजाल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध भएका थिए। कार्यसमितिले ३ जना मनोनीत गरेकामा मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठ छन्।

संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ चयन भएका छन्।

त्यस्तै लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध निर्वाचित भएका छन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया