NIMB Header 2
Nepal Life

राष्ट्रिय वाणिज्य बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, ५.५० प्रतिशत लाभांश पारित

National Life
  • BFIS News
  • 2024 Jan 14 17:22
राष्ट्रिय वाणिज्य बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, ५.५० प्रतिशत लाभांश पारित
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २०८० पुस २९ गते काठमाडौं मा १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ५.५० प्रतिशत नगद लाभांश सहितको आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । 

Shikhar
NIMB

बैंक सञ्चालक  समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए ।  

उनले बदलिदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिबृद्धि ल्याउन Business Preocess Re-engineering, सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैर बैंकिङ्ग सम्पत्तिहरुको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढिकरण गर्ने सम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको बताए । 

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो ।

ध्यक्ष ढुङ्गानाबाट प्रस्तुत भएको प्रतिवेदन माथि शेयरधनीहरुले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका थिए । उक्त टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले जवाफ दिएका थिए । उक्त साधारण सभामा बैंक सञ्चालक  समितिका सदस्यहरु बाबुराम सुवेदी, रोमिला ढकाल उप्रेती, सुशिल घिमिरे, अनलराज भट्टराई, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल छत्कुलीको उपस्थिति रहेको थियो ।

साधारण सभामा चाटर्ड एकाउण्टेन्टहरु, बैंकका कानूनी सल्लाहकारहरु, बैंकभित्र क्रियाशिल ट्रेड युनियका अध्यक्ष तथा पदाधिकारीहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । साधारणसभालाई कम्पनी सचिव हेमराज खरेलले सहजिकरण रेका थिए । 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८५ वटा शाखा कार्यालय, ७० वटा एक्सटेन्सन काउन्टर, ३०० वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया