NIMB Header 2
Nepal Life

कामना सेवा विकासको मुनाफा ३२ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी १५.७८ रुपैयाँ

National Life
  • BFIS News
  • 2024 Jan 18 09:35
कामना सेवा विकासको मुनाफा ३२ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी १५.७८ रुपैयाँ
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाशिक अवधिमा ३२ प्रतिशतले मुनाफा बढाएको द्ध । बैंकले पुस मसान्तसम्ममा बैंकले कुल २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गएको वर्षको यहि अवधिमा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

Shikhar
NIMB

बैंकको ब्याज आम्दानी घटेपनि कमिसन र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो। बैंकको खुद ब्याज आम्दानी भने ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँमा झरेको छ। गत वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

समिक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २५.६६ प्रतिशतले बढेर १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ३२.२४ ले बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ। यसले गर्दा बैंकको नाफा बढाउन सहयोग पुगेको हो।

हाल बैंकको कुल चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने १ अर्ब ५१ करोड रुपैयाँ रिजर्भमा छ। बैंकका कुल निक्षेप ५.२८ प्रतिशतले बढेर ५६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ०.३० प्रतिशतले बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७४ पैसाबाट बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया