NIMB Header 2
Nepal Life

महालक्ष्मी विकास बैंकको खराव कर्जामा सामान्य सुधार हुँदा पनि नाफा बढ्न सकेन, प्रतिशेयर आम्दानी १३.३३ रुपैयाँ

National Life
  • BFIS News
  • 2024 Jan 20 20:22
महालक्ष्मी विकास बैंकको खराव कर्जामा सामान्य सुधार हुँदा पनि नाफा बढ्न सकेन, प्रतिशेयर आम्दानी १३.३३ रुपैयाँ
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले खराव कर्जामा सामान्य सुधार गरे पनि मुनाफा भने बढाउन सकेन । खुद व्याज आम्दानीमा गिरावट आउदा बैंकले गत वर्षको तुलनामा मुनाफा बढाउन नसकेको हो । गएको वर्षदेखि नै खराव कर्जाको समस्या झेल्दै आएको बैंकले यस वर्ष सामान्य सुधार गरेको छ । 

Shikhar
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले २७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.५३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.९३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १०.७१ प्रतिशत र सञ्चालन मुनाफा १२.८३ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ३ रुपैयाँ २८ पैसा रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर १३ रुपैयाँ ३३ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २५.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ४ पैसा रहेको छ।

४ अर्ब १७ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २५ करोड ४० लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ५३ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया