NIMB Header 2
Nepal Life

ग्लोबल आइएमई बैंकको खुद व्याज आम्दानी ३७ प्रतिशतले बढ्यो, ४ अर्ब १३ करोडको प्रोभिजनिङ पछि २ अर्ब ४ करोड मुनाफा

National Life
  • BFIS News
  • 2024 Jan 21 06:54
ग्लोबल आइएमई बैंकको खुद व्याज आम्दानी ३७ प्रतिशतले बढ्यो, ४ अर्ब १३ करोडको प्रोभिजनिङ पछि २ अर्ब ४ करोड मुनाफा
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद व्याज आम्दानी ३७ प्रतिशतले बढेको छ । खुद व्याज आम्दानीमा सुधार देखिए पनि खराव कर्जा बढ्दा बैंकको मुनाफा भने घटेको छ । 

Shikhar
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक रहको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ७६ पैसा घटेर ११ रुपैयाँ ३१ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १८.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा रहेको छ।

३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४४.५४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३९.२२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २५.०८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब १२ करोडबाट बढेर ४ अर्ब १३ करोड पुगेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया