Nepal Life

हिमालयन हाइड्रो एक्स्पो बैशाखमा हुने

Sagarmatha Lumbini
  • BFIS News
  • 2024 Jan 25 19:31
हिमालयन हाइड्रो एक्स्पो बैशाखमा हुने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी बैशाखमा आयोजना गर्ने भएको छ । इप्पानले हरेक दुई/दुई वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो आगामी बैशाख १२, १३ र १४ गते आयोजना गर्न लागेको हो ।

Nepal Life
NIMB

एक्स्पो आयोजनाका लागि इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र तयार गरेर १० हजार मेगावाट विद्युत भारतमा र ५ हजार मेगावाट बंगलादेशमा र १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक रुपमा खपत गर्ने योजना बनाएको छ ।

नेपाल र भारतबीच नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता भरखरै भएको छ । यस्तो अवस्थामा जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।

नेपालमा ऊर्जा क्षेत्रका लगानीकर्ताहरुको एक मात्र संस्था इप्पानले आयोजना गर्ने एक्स्पोमा सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत एक्स्पोमा सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको कार्कीको भनाइ छ ।

एक्स्पोमा जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने मेसिनरी औजारहरु, बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, सिमेन्ट, डण्डी लगायतका सामाग्रीको प्रदर्शनी हुनेछ । यस सँगै जलविद्युत,  सोलार, हाइड्रोजन लगायतका विषयमा सेमिनार तथा छलफलहरुसमेत आयोजना गरिने छ ।

एक्स्पोमा ऊर्जा क्षेत्रका इनोभेटिभ आइडियाहरुकोबीचमा प्रतिस्पर्धा गराउनुका साथै विभिन्न विद्युत आयोजनाको वारेमा जानकारी दिन डेमोहरु प्रस्तुत गरिने छन् । एक्स्पोमा २०० भन्दा बढी स्टल रहने र करीब २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया