राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारणसभा असोज २ गते, लाभांश भने नदिने
- BFIS News
- 2026 Aug 25 11:09
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वित्तीय विवरण स्वीकृत गर्ने प्रस्तावसहित चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनीको भदौ ८ गते साँझ बसेको सञ्चालक समितिको ५२८औँ बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। साधारणसभा असोज २ गते शुक्रबार बिहान ११ बजे काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रालिमा बस्ने कम्पनीले जनाएको छ।
साधारणसभामा आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ का वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव मुख्य एजेन्डाका रूपमा रहनेछ।
त्यस्तै, साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गतेदेखि शेयर दाखिला तथा खारेज बन्द गर्ने जनाएको छ। अर्थात् भदौ १७ गतेसम्म कायम रहेका शेयरधनीले साधारणसभामा सहभागिता जनाउन तथा सम्बन्धित अधिकार प्रयोग गर्न सक्नेछन्। कम्पनीले साधारणसभामा सहभागी हुन योग्य शेयरधनीलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको छ।
कम्पनीले अझै २०७९/८० देखि २०८२/८३ सम्मको वार्षिक साधारणसभा गर्न बाँकी छ। सबै वर्षको लेखापरिक्षण समापन नगरी कम्पनीले लाभांश दिन पाउने छैन।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया