Nepal Life

वीरगन्जबाट ६ महिनामा १४ अर्ब ८५ करोड बढीको उत्पादन निर्यात

NMB Bank
  • BFIS News
  • 2024 Feb 06 04:59
वीरगन्जबाट ६ महिनामा १४ अर्ब ८५ करोड बढीको उत्पादन निर्यात
National Life

काठमाडौं । वीरगञ्ज आईसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८०/०८१ को ६ महिनामा भारत तथा तेस्रो मुलुक तर्फ १४ अर्ब ८५ करोड,६९ लाख १६ हजार मूल्य बराबरको नेपाली उत्पादन निकासी भएको छ ।

Shikhar
NIMB

वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा लगायतका नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगञ्ज आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए । 

आईसिपी भन्सार नाका हुँदै ३ अर्ब ५३ करोड ८५ लाख ५५ हजार मूल्य बराबरको फलफूलको जुस भारत निर्यात भएको छ भने सो अवधिमा ७ करोड ९२ लाख २२ हजार मूल्य बराबरको पाम आयल निर्यात भएको छ । त्यसैगरी ६२ करोड ६० लाख २४ हजार मूल्य बराबरको जमोठ कपडा निर्यात भएको छ ।

त्यसैगरी बत्तिसा, त्रिफला, च्वबनप्रास लगायतका डाबर नेपालका उत्पादनहरू १ अर्ब ६ करोड १० लाख ३८ हजार मूल्य बराबरको भारत निर्यात भएको छ भने ३ करोड ११ लाख ९ हजार मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ ।

वीरगञ्ज भन्सार नाकाबाट ८० करोड ६९ लाख ८८ हजार मूल्य बराबरको पिना, ४३ करोड १० लाख १४ हजार मूल्य बराबरको सेन्थेटिक यार्न, ३६ करोड ८० लाख २२ हजार मूल्य बराबरको आयुर्वेदिक तथा होमियापेथिक औषधीको कच्चा पदार्थ भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए ।

त्यसैगरी वीरगञ्ज नाकाबाट ३९ करोड १९ लाख ३३ हजार मूल्य बराबरको स्पोर्ट सुज, ३७ करोड, ५२ लाख बराबरको नेपाली कपडा, १२ करोड १६ लाख ८४ हजार मूल्य बराबरको उनी गलैँचा भारत निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

वीरगञ्ज नाकाबाट साउन देखि पुस मसान्त सम्म ३ अर्ब २६ करोड ६१ लाख ३६ हजार मूल्य बराबरको फलामे पाता, ४७ करोड ५० लाख २ हजार मूल्य बराबरको सि.आर.सिट, २९ करोड ४९ हजारको कुकुर तथा बिरालोको खाना, २३ करोड १५ लाख ६६ हजार मूल्य बराबरको लिडसिसा, ९ करोड ९४ लाख १० हजार मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल र ११ करोड ६९ लाख ६९हजार मूल्यको प्लास्टिकका बिर्को ढकनीहरू भारत निर्यात भएको आईसिपी भन्सार कार्यालय वीरगन्जका प्रवक्ता एवं प्रमुख भन्सार अधिकृत रामचन्द्र शर्मा ढकालले जानकारी दिए । 

आर्थिक बर्ष २०८०/८१ मा भारत तथा तेस्रो मुलुकबाट नेपालमा २ खर्ब ९३ अर्ब ७९ करोड ५९ लाख ८० हजार बराबरको सामान आयात भएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया