NIMB Header 2
Nepal Life

मौद्रिक नीतिले शेयर बजारको ५० प्रतिशत माग संबोधन, मलमपट्टी लगाउने काम गर्यो : लगानीकर्ता

Citizen Life
  • पुरूषोत्तम सुवेदी
  • 2023 Jul 23 18:11
मौद्रिक नीतिले शेयर बजारको ५० प्रतिशत माग संबोधन, मलमपट्टी लगाउने काम गर्यो : लगानीकर्ता
National Life

काठमाडौं । लगानीकर्ताहरुले आज जारी भएको मौद्रिक नीति मार्फत शेयर बजारका ५० प्रतिशत माग संबोधन भएको प्रतिकृयाँ दिएका छन् । लगानीकर्ताले राखेका मागहरु पुर्ण रुपमा संबोधन नभएपनि ५० प्रतिशत माग संबोधन भएको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । उनले भने ‘हामीले विगत २ वर्षदेखि राख्दै आएका मागहरु आज आएर बल्ल ५० प्रतिशत पुरा भएको छ ।’

NIMB

नेपाल राष्ट्र बैंकले आज भन्दा दुई वर्ष अगाडीको मौद्रिक नीति मार्फत शेयर धितो कर्जामा ४/१२ करोडको सिमा तोकिदिएको थियो । साथै शेयर धितो कर्जामा लगाउदै आएको जोखिम भार सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ । आज भन्दा २ वर्ष अगाडी राष्ट्र बैंकले शेयर धितो कर्जा प्रवाह गर्दा १५० प्रतिशत जोखिम भारको व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले पुनरावलोकन गर्ने भनेता पनि कति गर्ने भन्ने नतोकेको हुँदा त्यतिन्जेल कुर्नु पर्ने नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउछन् । राष्ट्र बैंकले १२ करोडको सिमाको विषयमा केहि पनि उल्लेख नगरे पनि जोखिम भारको विषयमा उल्लेख गरेकाले शेयर बजारमा सकारात्मक सन्देश प्रभाव भएको उनको विश्लेषण छ । उनले भनिन् ‘हाम्र सबै मागहर समावेश नभए पनि भारित औषतलाई पुनरावलोकन गरिने भनिएकोले गर्दा साविकका वर्षको भन्दा यो वर्ष केहि उत्साहजनक रहेको छ ।’

सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेल पनि नेपाल राष्ट्र बैंकबाट पुरै माग पुरा नभएको तर्क गर्छन् । तर आज मौद्रिक नीतिले गरेका केहि व्यवस्थाले शेयर बजारमा सकारात्मक दिशा प्रदान गर्नेमा उनि ढुक्क छन् । उनले भने ‘शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्दा बजारमा सकारात्मक सन्देश प्रवाह हुन्छ । जसले गर्दा यी क्षेत्रहरुमा बढाइएको जोखिमभारमा पुनरावलोकन गर्दै केहि घटाउने संकेत गरेको देखिएकोले बजारले समेत सकारात्मक दिशा लिएको छ । यधपि हामि लगानीकर्ताहरूले मौद्रिक नीति मार्फत सम्बोधन गरिनुपर्ने धेरै बुँदाहरू सुझाव दिएका थियौं त्यो अनुरूप भने भएन ।‘

शेयर धितो कर्जामा कायमै रहेको १२ करोडको सिमा हटाउने विषयमा तीनै जनाको एकमत रहेको छ । राष्ट्र बैंकले आगामी दिनमा जारी गर्ने निर्देशनहरुमा यसलाई हटाउन पहल गर्ने ढकालले बताए । राष्ट्र बैंकले दुई वर्ष अगाडी लागु गरेका दुई वटै व्यवस्था हटाउनु पर्छ भन्दै माग राख्दै आएकोमा आज एउटा मात्रै माग पुरा भएको उनले बताए ।

राष्ट्र बैंक सँग लगानीकर्ताहरुले कर्जाको व्याजदर घटाउनु पर्ने भन्दै माग गरेका थिए । यस वर्ष पनि सिडी रेसियोको व्यवस्थालाई राष्ट्र बैंकले पुनरावलोकन नगरेका कारण भोलिका दिनमा पनि बैंकिङ तरलताको समस्या सिर्जना हुन सक्ने अध्यक्ष पोखरेलको तर्क छ ।

व्याजदरका विषयमा लगानीकर्ताहरुले धेरै माग राखे पनि राष्ट्र बैंकले तय गरेका कतिपय टुलहरुले व्याजदर तल झर्ने ढकालको भनाइ छ । उनले भने  ‘राष्ट्र बैंकले तरलता सहजका लागि विभिन्न टुलको प्रयोग गरेको छ । यसले गर्दा बैंक वित्तीय संस्थामा केहि तरलता सहज हुने र शेयर बजारमा सकारात्मक भुमिका खेल्न सक्ने देखिन्छ ।‘

शेयर बजार धेरै तल झरेको अवस्थामा राष्ट्र बैंकको यस्तो कदमले मलमपट्टी लगाउने काम गरेको लगानीकर्ताहरुको भनाइ छ । पछिल्लो समय बैंकहरुमा तरलता थुप्रिदै गइरहेको, नयाँ ब्रोकरहरुले आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेको, राष्ट्र बैंक केहिहदसम्म चलिलो देखिएकोले गर्दा आगामी दिनमा शेयर बजारको भविष्य उज्वल रहेको उनले दाबी गरे ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया