NIMB Header 2
Nepal Life

कालिका लघुवित्तको साधारणसभा आज, यस्ता छन् प्रस्तावहरु...

National Life
  • BFIS News
  • 2024 Mar 07 08:20
कालिका लघुवित्तको साधारणसभा आज, यस्ता छन् प्रस्तावहरु...
Sanima Reliance

काठमाडौं ।  कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा आज आयोजना हुँदैछ। पोखरामा रहेको होटल टास्क इन्टरनेशनलमा सभा आयोजना हुन लागेको हो ।  

Shikhar
NIMB

गत माघ २५ गतेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम आजका लागि सभा बोलाइएको थियो।

सभामा एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। सभामा आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

यस्तै सभामा संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले गत फागुन १४ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसर्थ फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यो सभामा सहभागी हुनका लागि योग्य हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया