NIMB Header 2
Nepal Life

गरिमा विकास बैंक खल्ति बीच डिजिटल रुपान्तरणका लागि रणनितिक सम्झौता

National Life
  • BFIS News
  • 2024 Mar 07 12:05
गरिमा विकास बैंक खल्ति बीच डिजिटल रुपान्तरणका लागि रणनितिक सम्झौता
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंक र खल्तिबीच डिजिटल भुक्तानीका लागि रणनितिक सम्झौता भएको छ। यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंक बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् ।

Shikhar
NIMB

यो साझेदारी सँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप– गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन् । ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभी, इभेन्ट लगायतको टिकट खरिद सँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्नेछन् ।

बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरुले खल्ती बाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन् । उक्त सम्झौताको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने, “डिजिटल नेपालको उदेश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हाल सम्म ५०+ बैंक सँग हाते मालो गर्दै ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आईरहेका छ । यसै अनुरूप गरिमा विकास बैंक सँगको यो साझेदारीले डिजिटल नेपाल को यात्रामा बलियो योगदान दिने कुरामा हामी विश्वस्त छौँ।”

ISO 27001 M 2013बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards 2022 र देशकै सबै भन्दा बढि डिजिटल भुक्तानि कारोबार गर्ने भुक्तानी सेवा प्रदायक द्दण्द्दघ को रूपमा सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ। खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यबसायी , ५०+ बैंक तथा वित्तिय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

गरिमा विकास बैंकले आफ्नो देशभर ज्ञद्दघ वटा शाखा कार्यलयहरु, छज्ञ ए.टि.एम. मार्फत निरन्तर गुणस्तरिय सेवा प्रदान गरिसकेको छ। २०६४ मा स्थापना भएको यस बैंक प्रशिक्षित समुह र सुरक्षित बैंकिङ्ग प्रणाली सहित ग्राहकहरुलाई उच्च सेवा वितरणको लागी लक्षित छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया