NIMB Header 2
Nepal Life

सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

National Life
  • BFIS News
  • 2024 Mar 10 10:54
सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?
Sanima Reliance

काठमाडौं । आज आइतबार, नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। सुनले गत बिहीबार बनाएको रेकर्डलाई तोडेर आज पुन नयाँ रेकर्ड बनाएको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि गत बिहीबार सुनले नयाँ रेकर्ड बनाएको थियो। शुक्रबार भने सुनको मूल्य स्थिर रहेको थियो।

त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदा यस दिन चाँदीको मूल्य पनि सामान्य बढेको छ। गत शुक्रबार प्रतितोल १ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया