NIMB Header 2
Nepal Life

माछापुच्छ्रे बैंक कर्मचारी युनियनको अध्यक्षमा वंशीधर

National Life
  • BFIS News
  • 2024 Mar 11 09:12
माछापुच्छ्रे बैंक कर्मचारी युनियनको अध्यक्षमा वंशीधर
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंक कर्मचारी युनियनको तेस्रो केन्द्रीय महाधिवेशनबाट वंशीधर घिमिरे अध्यक्षमा चुनिएका छन्। सर्वसम्मत रुपले शनिबार सुरु भएर आइतबार सम्पन्न कर्मचारी युनियनको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गणेशराज जोशी, उपाध्यक्षमा विनोदनिधि तिवारी र दीपक श्रेष्ठ तथा महिला उपाध्यक्षमा संगीता कुँवर चयन भएका छन्।

Shikhar
NIMB

देशभरका १५ सयजना कर्मचारी सहभागी अधिवेशनले महासचिवमा तलाश श्रेष्ठ तथा सचिवमा सञ्जय रानामगर, प्रेमबहादुर भण्डारी र विनय खड्कालाई चुनेको छ। यस्तै, कोषाध्यक्षमा हीरा केसी, सहकोषाध्यक्षमा मञ्जु सापकोटा चयन भएका छन्।

कार्यसमितिको सदस्यहरुमा करुण गौतम, किशोर पन्त, धनराज श्रेष्ठ, लोकबहादुर बस्नेत, महेश कार्की, प्रकाश भण्डारी र उपेन्द्र कार्की चयन भएका युनियनका संस्थापक अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए। उनका अनुसार महाधिवेशनले कोशी संयोजकमा रितिका तुलाधर, मधेश संयोजकमा मणिकलाल महतो, बागमती संयोजकमा रोशन पाठक, गण्डकी संयोजकमा सलिना श्रेष्ठ, लुम्बिनी संयोजकमा मानबहादुर गुरुङ, कर्णाली संयोजकमा कर्णबहादुर सिंह रसुदूरपश्चिम संयोजकको जिम्मेवारी जय पाठकलाई सुम्पेको छ।

माछापुच्छ्रे बैंकका कर्मचारीहरुले विकास श्रेष्ठको नेतृत्वमा ८ वर्षअघि कर्मचारी युनियन गठन गरेका थिए। वित्तीय क्षेत्रमा कर्मचारी युनियन गठन गर्दा अध्यक्ष विकासले झण्डै जागिरबाटै हात धुनुपरेको अवस्था थियो।

तर, तेस्रो महाधिवेशनसम्म आइपुग्दा बैंकका अध्यक्ष रोशन केसीसहित बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, संचालक समितिका सदस्य, व्यवस्थापनको उच्च नेतृत्व एउटै मञ्चमा रहेको थियो। उद्घाटन सत्रमा बोल्ने बैंक संचालक, व्यवस्थापन समूह तथा कर्मचारीहरुले पछिल्लो समय बैंकिङ क्षेत्रमाथि भएको आक्रमणको डटेर सामना गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया