मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
- BFIS News
- 2024 Mar 12 09:20

काठमाडौं। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो। यसमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्।
उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा आवेदन दिनुपर्नेछ।
साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया