NIMB Header 2
Nepal Life

आज पनि सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

National Life
  • BFIS News
  • 2024 Mar 12 11:34
आज पनि सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
Sanima Reliance

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला १ लाख २६ हजारमा कारोबार भइरहेको छ।

Shikhar
NIMB

सोमबार पनि प्रतितोला १ लाख २६ हजार रुपैयाँमै कारोबार भएको थियो छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रहेको हो।

आज चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला १४ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया