NIMB Header 2
Nepal Life

मेरो कार्यकालमा अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको थियो : पूर्वअर्थमन्त्री महत

National Life
  • BFIS News
  • 2024 Mar 12 15:18
मेरो कार्यकालमा अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको थियो : पूर्वअर्थमन्त्री महत
Sanima Reliance

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आफूहरु सरकारमा रहँदा अर्थतन्त्रमा केही सकारात्मक उपलब्धिसमेत देखिएको दाबी गरेका छन्। आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेसका कारण औसतभन्दा बढी काम भएन भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नु गलत भएको पनि उल्लेख गरे।

Shikhar
NIMB

‘बजेटमा मितव्ययिता, बजेटरी अनुशासन, दोस्रो चरणको आर्थिक सुधारका प्रक्रिया अघि बढाइएको थियो,’ उनले भने, ‘प्राथमिकता क्षेत्रमा खर्च गर्न खोजिएको थियो, जथाभावी स्रोत खर्च रोकिएको थियो।’

उनले आफ्नो कार्यकालमा स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने र औषधिका लागि गाँजा खेती गर्ने कार्यविधि अन्तिम चरणमा पुर्‍याएको पनि उल्लेख गरे।

अर्थमन्त्रीले सहयोग गरेन भनेर जताततै प्रधानमन्त्रीले भन्दै आएको कुरामा उनले भने, ‘अर्थमन्त्रीले प्रधानमन्त्रीलाई सहयोग गरेन भन्ने झुट हो। के गर्न सम्भव छ, के छैन भनेर प्रष्ट कुरा राखिएको थियो। त्यसबेला ती विषयमा प्रधानमन्त्री पनि समझदार हुनु भएको थियो।’

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया